२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:13 pm
Banner

आजदेखि आइतबारको विदा खारेज

सूचना प्रेस २०७९ असार १ बुधबार ००:००, ०६:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि परिक्षणका लागि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको हो । दुई दिने बिदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय पनि परिवर्तन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

असार १ देखि लागू हुने गरी बिहान १० बदेखि साँझ ५ बजेसम्म समयावधि कायम गरिएको छ । असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय रहनेछ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृहले जनाएको छ ।

शुक्रबार भने कार्यालयको समय बिहान १० देखि दिउँसो ३ बजेसम्म रहनेछ ।