४ आश्विन २०८१, शुक्रबार 1726878122
Banner

भूराजनीतिक द्वन्द्वमा नेपाललाई धकेल्ने प्रयास स्वीकार्य छैन : प्रदीप ज्ञवाली

काठमाडौं — नेकपा एमालेले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्मा जवाफ दिन माग गर्नुभयो । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उहाँको भनाई थियो । उहाँले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउनुभयो ।

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उहाँले बताउनुभयो । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको उहाँको भनाई छ ।