२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:22 am
समाचार

नर्सहरू आन्दोलनमा

सूचना प्रेस २०८३ श्रावण १८ सोमबार ००:००, १४:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको बीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरुले १५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।