काठमाडौँ : मकवानपुरको हेटौंडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति करिब हेटौंडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा दुर्घटना भएको हो। हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र. ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए। प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले पिकअप गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ।


