२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 5:56 pm
Banner

न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सूचना प्रेस २०८३ कार्तिक २१ शनिबार ००:००, १६:०६ बजे १ मिनेट पढाइ

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा.रत्नबहादुर बागचन्दको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको हो । अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।