२४ कार्तिक २०८३, मंगलबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 11:22 am
फिचर

आजबाट नेपाल संवत् ११४७ सुरु, विभित्र कार्यक्रम गरी मनाइँदै

सूचना प्रेस २०८३ कार्तिक २४ मंगलबार ००:००, ११:०३ बजे ५ मिनेट पढाइ

काठमाडौं : नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।
    
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरे । काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए।

नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं. ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवतलाई राष्ट्रिय मान्यता दिलाउन २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

नेपाल संवतको नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।

म्हः (आत्म) पूजा
नेपाल संवतको नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

आत्मालाई सन्तुष्ट र प्रशन्न राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको छ ।

यस वर्ष सोमबार र आज (मंगलबार)दुई दिन प्रतिपदा तिथि परेकाले नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । केही स्थानमा सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा पूजा गर्दैछन् ।

कसरी सुरु भयो नेपाल संवत् ?

इतिहास अनुसार, साख्वाःले आफ्नै कमाइबाट नेपाल मण्डलका गरिब तथा दासहरूको ऋण चुक्ता गरी उनीहरूलाई मुक्त गरेका थिए। नेपालीहरूको यो ठूलो ऋण मोचन गरिदिएको खुसीयालीमा, भक्तपुरका राजा राघवदेवको आज्ञा अनुसार वि.सं. ९३६ (सन् ८७९ अक्टोबर २०) देखि नेपाल संवत्‌को आधिकारिक सुरुवात भएको मानिन्छ। त्यति मात्र होइन, राजा राघवदेवले शंखधरको यो महान् योगदानको कदर गर्दै त्यस समयमा पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगाइएका शूद्र जातिलाई मन्दिर प्रवेशको अधिकार समेत प्रदान गरेका थिए।

यो संवत् कुनै एक समयमा निकै प्रभावशाली थियो। साख्वाःले प्रचलनमा ल्याएको नेपाल संवत् वि.सं. १९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषा र संवत्‌का रूपमा प्रयोग हुँदै आएको थियो। नेपालमा चन्द्र शमशेरको कार्यकालसम्म यो औपचारिक रूपमै प्रचलनमा थियो, तर पछि प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल संवत्को सट्टा विक्रम संवत्लाई अनिवार्य रूपमा प्रचलनमा ल्याए, जो अहिलेसम्म पनि कायम छ। राणा शासनको त्यो कालो युगमा नेपाली भाषा, संस्कृति, नेपाल भाषा र नेपाल संवत्‌माथि चरम दमन भयो। जनतामा आफ्नै पहिचानप्रतिको चेतना जागेमा आफ्नो शासन सत्ता धरापमा पर्ने डर राणाहरूलाई थियो। उपत्यकामा बाहुल्य रहेको नेवार समुदायले आफ्नो पहिचान मेटिएको महसुस गर्यो र नेपाल संवत्‌को पक्षमा आन्दोलनको बीजारोपण भयो। यही पहिचानको लडाइँ लड्दा महाकवि सिद्धिदास महाजू र कवि चित्तधर ‘हृदय’ जस्ता महान् साहित्यकार समेत जेलनेल भोग्न बाध्य भए, जहाँ चित्तधरले त जेलमै प्राण त्याग गर्नुपर्‍यो।

एक सय चार वर्षको क्रूर राणा शासनको अन्त्य भए पनि २००७ सालपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भयो। यी कठिन समयमा पनि नेपाल संवत्‌लाई फेरि राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवाः समुदायले निरन्तर र अहोरात्र संघर्ष गरिरह्यो।

अन्ततः लामो संघर्ष र बलिदानपछि, देशमा गणतन्त्र स्थापना भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा राज्यले आधिकारिक रूपमा नेपाल संवत्‌लाई ‘राष्ट्रिय संवत्’ को मान्यता प्रदान गर्यो। आज यो संवत् नेपालको राष्ट्रिय गौरव र पहिचानका रूपमा पुनस्र्थापित भई हामी माझ जीवन्त रहेको छ।