काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका प्रहरी अनुसार अन्यको खोजी भइरहेको छ।

मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । घटनाको थप विस्तृत विवरण आउँन बाँकी छ ।


