काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा १४ देखि १७ नोभेम्बरसम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन’ विषयक विश्व सम्मेलनमा सहभागी हुन दाहाल आज बिहान मस्को प्रस्थान गरेका हुन् ।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि भ्रमणमा सहभागी रहेको पार्टीले जनाएको छ ।


