काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आगामी सोमबार भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, आइतबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले भोलिपल्ट समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन् ।
दुईदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहको भ्रमणबारे शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
‘भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ,’ राईले भने ।प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।


