६ मंसिर २०८३, आइतबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
६ मंसिर २०८३, आइतबार 8:27 am
Banner

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

सूचना प्रेस २०८३ मंसिर ६ आइतबार ००:००, ०८:१९ बजे २ मिनेट पढाइ

कर्णाली । यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।

उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो , पौडी र सुटिङ हुनेछ ।

त्यस्तै, जुडो र कुस्ती, आईटीएफ तेक्वान्दो , महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल , बुद्धिचाल , शारीरिक सुगठन मा हुनेछ । सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एकरएक खेल हुनेछन् ।

त्यस्तै, बाँके र बर्दियामा दुईरदुई खेल सञ्चालन गरिनेछ । केही खेल यही मंसिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मंसिर १६ गते गरिने छ ।

प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार, प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ ।