३ जेष्ठ २०८३, आइतबार 1779037922
Banner

कांग्रेसको चलाखी अब चल्दैन : बर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा एक्लै लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे। 

नेता पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आएपनि माओवादी केन्द्र भरोसा योग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उनले बताए।