८ मंसिर २०८१, शनिबार 1732356444
Banner

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच अलग्गिने सहमति

काठमाडौं । जनता समाजवादी पार्टी सहमतिमा विभाजन गर्न उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहमत भएका छन् । दुई नेता सहज तरिकाले अलग हुने सहमतिमा पुगेका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच गएराति अबेरसम्म वार्ता भएको थियो । वार्तामा दुवै नेता अब अलग अलग अघि बढ्ने समझदारी भएको बताइएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. भट्टराई र आफूबीच अलग हुने समझदारी भएको पुष्टि गर्नुभयो ।

जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि नयाँ घटना विकास भएको थियो । त्यसपछि दुवै नेताले छलफल गरी सहमतिमा अलग हुने टुंगो लगाएका थिए ।

नयाँ शक्तिबाट गोरखामा चुनाव जितेका बाबुराम संघीय समाजवादी फोरमसँग एकता गरी उपेन्द्रसँग मिलेका थिए । पछि समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग मिलेपनि महन्थ ठाकुर अलग भएपछि जसपा रहेको थियो ।