८ मंसिर २०८१, शनिबार 1732359300
Banner

भक्तपुरमा एक वृद्धको जलेर मृत्यु

काठमाडौं । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको प्रहरीको भनाइ छ । अहिले पोष्टमार्टमका लागि शव केएमसी अस्पताल दुवाकोट पठाएको छ। मृतक शिल्पकारको घरमा उनका छोरा र बुहारी पनि बस्छन्।