४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:15 am
Banner

प्रदिप ज्ञवालीको प्रश्न : मैले अमेरिकामा खाना खाईरहेको फोटो छापेर दुईथरि तरकारीको कुरा गर्दा तपाईको भान्सा सस्तो हुन्छ ?

सूचना प्रेस २०७९ श्रावण ५ बिहिबार ००:००, १४:४१ बजे १ मिनेट पढाइ


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अचाक्ली बढदै गएको मूल्यवृद्धिको प्रसंङ्ग कोट्याउँदै यसको नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। संसद बैठकमा आज बोल्नुहुँदै ज्ञवालीले विभिन्न वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिको तथ्यांकसमेत प्रस्तुत गर्नुभएको थियो । केही दिनअघि मूल्यवृद्धिको विषयमा चर्चा गर्ने क्रममा ज्ञवालीको एउटा भनाइमाथि ट्रोल भएको थियो ।

त्यसमा टिप्पणी गदै ज्ञवालीले भन्नुभयो ‘अमेरिकामा खाना खाएको मेरो फोटो राखेर उहाँहरूको भान्सा सस्तो होस, मेरो शुभकामना छ, तर, गम्भीर विषयलाई पन्छाएर हामीले कता ध्यान दिइरहेका छौं भन्ने चिन्ताको कुरा हो ।’ तपाईले बिषयान्तर गरेर नेपालमा अचाक्ली बढेको मुल्य कम हुन्छ ? मुल्य बढ्यो भन्ने बित्तिकै समस्या स्वीकार गर्नुको साटो कस्ले यो बिषय उठायो ट्रोल बनाउनेतिर लाग्नु कतिको उचित हो उहाँले भन्नुभयो ।