९ मंसिर २०८१, आइतबार 1732444841
Banner

एम. अधिकारी खोज्नेलाई महेश बस्नेतको जवाफ- एस. देउवा, पी. दाहाल र ए. राणा देउवा खोज्नुस्

काठमाडौँ – नेकपा एमालेका सांसद् महेश बस्नेतले देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बिहिबार बोल्नुहँदै सांसद बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘सत्तारुढ दलका सांसदहरूलाई एम. अधिकारी नखोज्न भन्दै विभिन्न विषय उठाएका छन् । केही साथीहरू एमाले अर्थ विभागका एम. अधिकारी खोजिरहेका छन् । देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र ?’

अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने बस्नेतको भनाइ थियो । बस्नेत भन्नुहुन्छ- ‘बजेटमा रातारात सेटिङ गरेर कर तथा भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्छ । कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई काबाही गर्नुपर्ने होइन र ?