८ मंसिर २०८१, शनिबार 1732374058
Banner

गठबन्धन सरकारका कारण एक वर्षमा देश पौने तीन खर्ब घाटामा पुग्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई संकटमा फसाएको बताउनुभएको छ ।

आज गहृजिल्ला दाङमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको भए पनि अहिलेको नाजुक अवस्थामा पुगेको बताउनुभयो ।

‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०/८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं,’ पोखरेलले भन्नुभयो, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ।’

एक वर्षको अवधिमा पाँच महिना बराबरको सामर्थ्य देशले गुमाउनुले गठबन्धन सरकार असक्षम भइसकेको पुष्टि भएको पोखरेलको तर्क छ ।

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उहाँले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गनुर्भयो। उहाँले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पार्नुभयो। पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण प्रक्रियामा खुला राजनीतिमा आइसकेपछि पुरा मुद्दा लगाउन उचित होइन। तर, खुला राजनीतिमा आएर पनि गैरकानुनी काम गरे दण्डको भागिदार हुनुपर्छ।’