१७ कार्तिक २०८१, शनिबार 1730575380
Banner

विचार मिल्नेसंग चुनावी गठबन्धन गर्छौं : बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताउनु भएको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताउनु भएको हो ।

काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्न पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘एक्लै या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं । निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्ने छु।’