२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 2:54 pm
समाचार

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

सूचना प्रेस २०८३ कार्तिक २२ आइतबार ००:००, १४:०३ बजे १ मिनेट पढाइ

अफगानिस्तान । पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीन पाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।