८ मंसिर २०८१, शनिबार 1732373887
Banner

निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै

काठमाडौं- सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुने भएको छ ।

विहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।

सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा २०७८ फागुन २९ गतेको बैठकमा माओवादी सांसद देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

त्यस्तै, बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।