८ मंसिर २०८१, शनिबार 1732353372
Banner

गृह मन्त्रालयले भन्यो, नागरिकतामा अपमानजनक शब्द प्रयोग भए सच्याउनु

काठमाडौं : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएकाे नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्देशन दिनुभएको हो ।

यस्तै, अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने भनेको छ।