२० कार्तिक २०८१, मंगलबार 1730805257
Banner

जाँड खाएर मरेका आफन्तको शालिक बनाएका छन, युद्धमा मरेकाको शालिक बनाएका छन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको बताउनुभएको छ । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’ ‘युवाहरूलाई भड्खालामा हाल्यो, उचाल्यो, उल्कायो, कतिको ज्यान गयो, कतिको अंगभंग भयो’, कति परिवार बेहाल भयो छोराछोरी मरे आमाबाबु मरे । ध्वस्त पारेपछि आज कहाँ छन लडाकू ?’

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो देशद्रोही गठबन्धन हो । गठबन्धनले नेपाली जनतालाई ढाँट्छ, छल्छ। एमसिसीलाई पत्र लेख्छ अनि लेखेको छैन भनेर पन्छिन खोज्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहिं होइन लेख्न चाहिं लेखेकै हो भन्छ ।’

गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उहाँले बताउनु भयो ।