७ जेष्ठ २०८३, बिहिबार 1779385386
Banner

नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यहरुमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी रहेका छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्य रहेका छन्।