२ जेष्ठ २०८३, शनिबार 1778912371
Banner

भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगे

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आएका हुन्।

पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्।

पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने बताइएको छ।

त्यस्तै, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रमसमेत हुने बताइएको छ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।