९ मंसिर २०८१, आइतबार 1732466139
राजनीति

जवराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरणको फाइल मगाउने छानबिन समितिको निर्णय

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्वित प्रन्या चोलेन्द्र शमशेर राणाको सम्पत्ति विवरण र उनको परिवारको नाममा रहेको सम्पत्ति समेत छानबिन गर्ने गरी मगाउने निर्णय गरेको छ।

समितिले न्याय परिषद्‍मा राणाले बुझाएको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरणले हालसम्म गरेको अनुसन्धानको फाइलका साथै परिवारको सम्पत्ति विवरण समेत मगाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बताए।

बिहीबारको बैठकमा वरिष्ठ अधिवक्ताहरुले राणाको सम्पत्ति र उनले सर्वोच्चमा हुदाँ गरेको आर्जन अध्ययन गर्न सुझाव दिएपछि समितिले परिषद् र विभागलाई पत्र लेखेर झिकाउने निर्णय गरेको हो।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शुरुमा राणाको सम्पत्ति विवरण अब अध्ययन गर्नुपर्ने प्रश्न उठाएका थिए। उनको प्रस्तावपछि समिति सभापति रामबहादुर विष्टले सचिवलाई यी विवरणहरु मगाउन पत्र लेख्नु भनी निर्देशन गरेका थिए। समितिको निर्देशन अनुसार पत्र तयार भएर आज बिहानै पठाएर विवरण झिकाउने सचिव गौतमले बताए।