८ मंसिर २०८१, शनिबार 1732359481
Banner

ओलीविरुद्ध विपक्षीको रावल र भूषाल कार्ड : चियाको कपमा आँधीको असफल प्रयास

काठमाडौं । निर्वाचन आउँदैछ, दलहरु स्वभाविक तयारीमा छन् । यदी निकोलो मेकियाबेलीका शब्द सापटी लिने हो भने माध्यम महत्वपूर्ण हुँदैन, परिणाम महत्वपूर्ण हुन्छ । उनी भन्छन्– ‘इन्ड्स इज मोर इम्र्पोटेन्ट देन मिन्स् ।’ निर्वाचनमा प्रक्रिया कम महत्वको र परिणाम बढी महत्वको हुन्छ । त्यसैले मेकियाबेलीको थेसिसलाई कौटिल्यन मोडेलमा ढालेर अर्थात् निर्वाचन जित्नका लागि अपनाइने सबै उपाय – साम, दाम, दण्ड र भेदको प्रयोग गर्न दलहरु लागेको आभाष हुँदैछ । यो उज्यालो राजनीतिक अभ्यास हुँदै होइन । गीतामा भनिएको ‘बादे बादे जायते तत्ववोध’ बाट नेपाली नेताले सकारात्मक पाठ ग्रहण गरेको देखिएन ।

त्यसो त परिवर्तन नाटकीय भयो भने दिगो पनि हुँदैन । सुरुङको अन्त्यमा पनि बत्ती हुन्छ भन्ने ठान्ने हो भने निराशाको खेतीमात्र गरेर हुँदैन, सकारात्मकता पनि देख्न सक्नुपर्छ । त्यसैले खरावहरुका बीचमा पनि असलहरुको संख्या राजनीतिमा पनि कम छैन । सामान्यीकरण गरेर एउटै लेन्समा सबै नेता र दल उस्तै भन्ने हल्का र सस्तो टिप्पणी गर्दा इमान्दारहरुप्रति अन्याय हुन्छ, यसतर्फ सचेत रहनुपर्छ ।

प्रसंग, निर्वाचन नजिकिंदै गर्दा जर्वजस्ती नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) र त्यसका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको योजनाबद्ध आक्रमणसँग सम्वन्धित छ । नेपालमा कुनै दल र त्यसको मुल नेतृत्वबिरुद्ध कसरी गलत भाष्यको बैशाखी प्रयोग गरिन्छ भन्नलाई यो एउटा दृष्टान्त अवश्य बन्नेछ । तर यसको अर्को सकारात्मक पाटो पनि छ, जो एमालेका हरेक नेता र कार्यकर्ता, समर्थक र शुभेच्छुकका लागि शक्ति आर्जनको श्रोत हो । र, त्यो भनेको एमालेको मुल नेतृत्व नै हो, अध्यक्ष केपी ओली नै हो ।

आलोचना शक्तिको हुन्छ । प्रश्न त्यसलाई सोधिन्छ, जसले उत्तर दिन्छ । आलोचना त्यसको गरिन्छ, जसबाट केही अपेक्षा राखिन्छ । प्रश्न लासलाई सोधिदैंन । निर्जिवसँग जिज्ञाशा राख्नु र प्रश्न गर्नुको अर्थ नै हुँदैन । त्यसैले ओलीमाथिको प्रश्न आशासँगको प्रश्न हो, सामथ्र्यसँगको जिज्ञाशा हो । जीवनसँगको प्रश्न हो । किन देउवा, प्रचण्ड र माधव नेपाललाई नागरिकले प्रश्न गर्दैनन् ? किनकी उनीहरुसँग अपेक्षा नै केही छैन । बारम्बारका ट्रायलमा असफल भएकाहरुको ग्याङको आलोचना गरेर आलोचनालाई किन लज्जित बनाउन कोही चाहान्छ ?

एमालेले भीम रावल र घनश्याम भूषाललाई प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएन । कारण घनश्यामको रुपन्देही–३ मा तीन सिटे तालमेल अन्तगर्त राप्रपाका दिपक बोहोराले टिकट पाए । भीम रावलको हकमा पनि के बुझ्नुपर्छ भने उनी पार्टी नीति र नेतृत्वविरुद्ध निरन्तर सार्वजनिक वहसमा उत्रेका छन् । पार्टीमा बस्ने तर पार्टीको लेनिनवादी संगठनात्मक संरचना मान्दिन भन्ने हुँदैन । यदी पार्टी प्रणालीमा चलेको छ, पार्टीको विधान अनुसार चलेको छ भने त्यहाँ अनुशासन हुन्छ, अराजकतालाई जर्वजस्ती अनुशासन ठानेर स्थापित गर्नुको अर्थ हुँदैन ।

र, अर्को सबैभन्दा महत्वपूर्ण के हो भने रावल र भूषालले टिकट नपाउनुले एमालेलाई घाटा भयो वा भएन, एउटा पाटो हो । तर त्यो भन्दा बढी एमालेविरुद्ध प्रहार गर्ने अझ अध्यक्ष ओलीविरुद्ध नियोचित प्रचारको प्रयास गर्ने कार्डका रुपमा प्रयोग गर्न खोजिदैंछ । जसले एमाले इतर पक्षलाई खासै प्रभावित गर्दैन । किनकी पार्टीभित्र रावल र भूषाललाई टिकट नदिएकोमा खासै असन्तुष्टी छैन । जसरी प्रचार गरिएको छ, त्यस्तो अवस्था हुँदै होइन । एमालेको पक्षमा जसरी चुनावी लहर आउँदैछ, त्यसबाट अत्तालिएकाहरुले रावल र भूषालहरुलाई प्रयोग गरेर क्षति पूर्याउन सकिन्छ भन्ने षड्यन्त्र गर्न खोजेका मात्र हुन् । चियाको कपमा आँधी सृजना गरेर त्यसले एमाले उडाउँछ भन्ने ठान्नेले प्राप्त गर्ने निराशामात्र हो ।

एमाले सबैभन्दा ठूलो पार्टी हो र फेरी पनि सबैभन्दा ठूलो पार्टी नै हुन्छ । कथित् नीतिहिन र स्वार्थको सौदाबाजी गठवन्धन नभएको भए एमालेले एक्लै बहुमतको सरकार बनाउँथ्यो र, माओवादी केन्द्रदेखि मधेशवादी शक्ति थप कमजोर बनेर अस्तित्व रक्षाको अवस्थामा हुन्थ्यो । गठवन्धनको टेको लगाएरमात्र होइन भने अहिलेनै देशमा एमाले र नेपाली कांग्रेसमात्रै प्रतिस्पर्धीको पार्टीका रुपमा रहन्थे । गठवन्धन हुँदापनि मूलत् देशमा एमाले र कांग्रेस नै अवका पार्टी हुन् ।

र, आलोचना शक्तिको हुन्छ । प्रश्न त्यसलाई सोधिन्छ, जसले उत्तर दिन्छ । आलोचना त्यसको गरिन्छ, जसबाट केही अपेक्षा राखिन्छ । प्रश्न लासलाई सोधिदैंन । निर्जिवसँग जिज्ञाशा राख्नु र प्रश्न गर्नुको अर्थ नै हुँदैन । त्यसैले ओलीमाथिको प्रश्न आशासँगको प्रश्न हो, सामथ्र्यसँगको जिज्ञाशा हो । जीवनसँगको प्रश्न हो । किन देउवा, प्रचण्ड र माधव नेपाललाई नागरिकले प्रश्न गर्दैनन् ? किनकी उनीहरुसँग अपेक्षा नै केही छैन । बारम्बारका ट्रायलमा असफल भएकाहरुको ग्याङको आलोचना गरेर आलोचनालाई किन लज्जित बनाउन कोही चाहान्छ ?

त्यसले एमालेप्रति मायाँ भएर, एमालेप्रति बिश्वास भएरै आलोचना पनि भएको हो भन्ने बुझ्दा आलोचनालाई स्वभाविक रुपमा लिनुपर्छ ।