३० कार्तिक २०८१, शुक्रबार 1731662378
Banner

पुल भत्किँदा भारतको गुजरातमा १४७ जनाको मृत्यु

जनकपुरधाम । भारतको गुजरातमा पर्ने मोरबीमा पुल भत्किँदा बालबालिकासहित १४७ जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी मानिस घाइते भएका हुन् । मृतकको संख्या बढ्ने अनुमान छ ।

आइतबार राति पुल खसेको थियो । भारतमा आइतबार बिदा हुन्छ । बिदाको दिन भएकाले मानिसहरू घुम्न गएको र ओभरलोडका कारण पुल भत्किएको बताइएको छ । करिब ४ सय मानिस पुलमा भएको बेला उनीहरू सबै नदीमा खसेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

पुल खसेलगत्तै सेना, प्रहरी, स्थानीय र विशेष उद्धार टोली रातभर खटिएका थिए । ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई अस्पताल पुर्‍याइएको साथै अहिले पनि उद्धार जारी रहेको बताइएको छ ।