काठमाडौं । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसर्हीस्थित नारायणी नदिको घोलमा डुङ्गा डुब्दा सो दुर्घटना भएको हो ।
सुस्ता गाउँपालिका-४ मा पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा दुर्घटना हुँदा सुस्ता गाउंपालिका-४ का २२ वर्षिय गुडडु हरिजन, सोही स्थानका १८ वर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलका अनुसार डुङ्गामा सवार ३ जना घाईतेहरुको उपचार भइरहेको छ । नारायणी पारीको सुस्ता वारिपारि आवतजावत गर्ने डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।