काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। आज नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका ११ नम्वर वडा मा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेश सभा (ख) का जयराम थापाले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।
स्थानीयवासीले उत्साहजन रुपमा आ आफ्नो घरघरमा एमालेका उम्मेदवारलाई स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । जनताको सुख दुःखको सारथी बन्न आग्रह गर्दै स्थानीयवासीले एमालेका उम्मेदवारलाई विजयको माला लगाउन तयार भएर बसेको बताएका थिए ।