काठमाडौं । काठमाण्डौ महानगरपालिका क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार घरदैलो गर्नमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर १ ख को प्रदेशसभा सदस्य एमाले उम्मेदवार गणेश दुलालले आज आफनो वडाको पञ्चकुमारी क्षेत्रमा रहेका जनतासँग प्रत्यक्ष भेटघाट गरेको बताउनुभयो ।
उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । मतदाताले एमालेले गरेका कार्यको चर्चा गदै भोट माग्ने नपर्ने बताएको दुलालले बताउनुभयो । एमालेको विकल्प कोही हुन नसक्ने भन्दै मतदाता साथ दिन तयार रहेको उहाँको भनाइ थियो ।