३० कार्तिक २०८१, शुक्रबार 1731702816
Banner

चुनावपछि प्रचण्ड-माधवको चुरिफुरी सकिन्छ : एमाले अध्यक्ष ओली

धरान – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने मिसनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चुरिफरी सकिने ठोकुवा गर्नुभएको छ । यो चुनावले प्रचण्ड र माधवलाई सकाउने अध्यक्ष ओलीले बताउनु भयो ।

‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफै सकिन्छन, मंसिर ४ को चुनावपछि प्रचण्ड–माधवको चुरिफुरी सकिन्छ,’ धरानमा आज आयोजित सभामा एमाले अध्यक्ष ओलीले भन्नुभयो, अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैं विस्तारै सकिदै जानेछन् ।’

एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने उहाँको भनाई छ ।

अध्यक्ष ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तथ्य पनि औंल्याउनु भयो । एमालेसँग एक्लै चुनाव लडन नसक्ने हैसियतमा पुगेकै कारण कांग्रेसले माओवादीदेखि अरु साना दललाई साथ लिनु परेको बताउनु भयो ।

उहाँले कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै अहिले ढोडको वैशाखी टेकेर हिँडेको बताउनु भयो । विदेशी देख्ने वित्तिकै पुच्छर लुकाउने बाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको भन्दै सोही अनुसार धरान १ मा अशोक राईलाई मतदान गर्न अपिल गर्नुभयो । उहाँले गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको तथ्यांकसमेत उहाँले राख्नुभयो ।