सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाउनुभएको छ। उहाँले गठबन्धनलाई प्रतिगामीको आरोप लगाउँदै हाँडी घोप्टे जस्ताले देश चलाएको बताउनुभयो । उहाँले आसन्न निर्वाचनमा सचेत रहन पनि आग्रह गर्नुभयो ।
आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताउनुभयो । ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,’उहाँले भन्नुभयो ।
ओलीले भन्नुभयो, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पुर्याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्याएका छौँ ।’