२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:10 pm
Banner

जंगली च्याउ खाँदा २ जनाको मृत्यु

सूचना प्रेस २०८३ जेष्ठ ७ बिहिबार ००:००, २०:५३ बजे १ मिनेट पढाइ

तानसेन । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा दर्जन बढी बिरामी परेका छन्।

जंगली च्याउ खाई मृत्यु हुनेमा रम्भा गाउँपालिका(५, ताहुँ ओमभन्ज्याङकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेका छन्। जंगली च्याउ खाएर बिरामी परेपछि युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको हो। खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।

जंगली च्याउ सेवनबाट गम्भीर बिरामी हुनेमा रम्भा ताहुँकी ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका वडा नं. ११ भालुवनका चार जना बिरामीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। निस्दी गाउँपालिका वडा नं। ४, झुल्याटुङ्गका दुई जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।