काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताउनुभयो ।
आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ‘सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएका छन् ।’
अध्यक्ष ओलीले गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने बताउनुभयो ।
कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गदै उहाँले भन्नुभयाये अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको छ ।