४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:15 am
समाचार

लैङ्गिक विभेद अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक : राष्ट्रपति

सूचना प्रेस २०७९ कार्तिक २९ मंगलबार ००:००, २०:०० बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक विभेदको अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

भाष्कर–तजश्री स्मृति प्रतिष्ठानले आज राष्ट्रपति भवन शितल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदले देशको सर्वाङ्गिण विकासमा अवरोध पुर्‍याउने हुनाले यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बाल्यकालदेखि महिलाले सामना गर्नुपर्ने विभेदको नकारात्मक असर सिंगो परिवारको शान्ति र प्रगतिमा पर्ने गरेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदलाई विश्वले नै विकासको प्रमुख बाधकको रूपमा लिएको उल्लेख गर्नुहुँदै सामाजिक तथा आर्थिक क्षेत्रमा महिलामाथि हुने भेदभावपूर्ण व्यवहारको अन्त्यका लागि नीति निर्माताहरूले विशेष ध्यान दिनुपर्र्नेे बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा भेषबहादुर थापा, अध्यक्ष प्रा.डा. रीता थापालगायतले बालिकालाई यौन दुव्र्यवहार तथा लैङ्गिक विभेदबाट बचाउन परिवारका सदस्य एवं नजिकका नातेदारहरूको बढी भुमिका हुने बताउनुहुँदै त्यसका लागि जनचेतनाका कार्यक्रमहरूमा जोड दिनुपर्ने बताउनुभयो ।