२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:17 am
Banner

मुस्ताङमा २६१ मतले कांग्रेस अगाडि

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, ०७:४७ बजे १ मिनेट पढाइ

जोमसोम : मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेपाली कांगे्रसका योगेश गौचन थकालीले २६१ मतले अग्रता लिएका छन्। कांग्रेसका योगेशले १०६८ मत पाउँदा नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त गरेका छन्। 

यस्तै रास्वपाले १२ मत पाएको छ। बदर मत ३३ पुगेको छ। बिहान ३ बजेर ३५ मिनेट जादा सुरु गरिएको मतगणनामा अहिलेसम्म ३९ वटा मतदान केन्द्र मध्ये ९ वटा मतदान केन्द्रको मतगणना भइसकेको छ।

प्रतिनिधिसभातर्फ हालसम्म लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ।