१ मंसिर २०८१, शनिबार 1731784097
Banner

डडेलधुराबाट शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा निर्वाचित हुनुभएको छ ।

बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी हुनुभएको हो । प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो। उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत पाउनुभयो। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आउनुभएको छ ।