काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । विष्टले २२ हजार ६८४ मतसहित विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएर पराजित हुनुभयो ।