१ मंसिर २०८१, शनिबार 1731804711
Banner

संसदमा महिलाको प्रतिनिधित्व घट्दै, हालसम्म प्रत्यक्षमा ८ जनामात्रै निर्वाचित

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। शनिवार बिहानसम्म १ सय ४४ स्थानको मतपरिणाम सार्वजनिक हुँदा प्रत्यक्षमा ८ जना मात्रै महिला निर्वाचित भएका छन्। अहिले सम्म निर्वाचित हुनेहरुमा नेकपा एमालेका ३ जना हुनुहुन्छ । जसमा धनुषा ३ बाट जुली कुमारी महतो, बारा ३ बाट ज्वाला कुमारी शाह र कास्की २ बाट विद्या भटटराई हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसमा अहिलेसम्म तेहथुम १ बाट सिता गुरुङ्ग निर्वाचित हुनुभएको छ । दाङ्ग १ मा माओवादीबाट रेखा शर्मा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोविता गौतम, ललितपुर ३ मा तोसिमा कार्कीले जित हात हासिल गर्नुभएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले जित हासिल गर्दा संसदमा प्रत्यक्ष चुनाव जितेर आउने महिलाको सहभागिता ८ पुगेको छ ।

महिला उम्मेदवार प्रतिस्पर्धी रहेका केही क्षेत्रको मतगणना जारी छ। सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम छ। त्यस्तै सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ्गले अग्रता लिनुभएको छ । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन।

दाङ ३ मा एमालेकी उम्मेदवार कोमल वली, दाङ १ मा एमालेकी शान्ता चौधरी,कन्चनपुर ३ बाट निरुदेवी पाल, कञ्चनपुर १ मा माओवादी केन्द्रकी बिना मगर, मोरङ २ मा कांग्रेसकी सुजाता कोइराला, मकवानपुर १ मा कांग्रेसकी डिना उपाध्याय, सिरहा २ कांग्रेसकी चित्रलेखा यादवले निर्वाचनमा पराजित भएसँगै यसपटक संसदमा महिलाको उपस्थिती विगतमा भन्दा कमजोर देखिने भएको छ ।