३ मंसिर २०८१, सोमबार 1731971870
Banner

माफ गर्नुहोस् महाशय, अब तपाईँको आदेशबिना म कहिल्यै बोल्दिन

कमरेड अब म तपाईँको आदेश बिना म स्वतन्त्र रुपमा केही बोल्दिन, लेख्तिन, केही नै गर्दिन । तपाईँले भ्या भने म भ्या भन्छु म्या भने म्या गर्छु । आफ्ना विवेक र बुद्धिले केही बोल्दिन । जतिसुकै थिचोमिचो भए पनि अब म रुन्न पनि । तर तपाईँ रोए चाहिँ रुन्छु तपाईँको हाँसोमा मात्र मेरो हाँसो मिसाउँछु । आफू खुसी कहिल्यै हाँस्दिन ।

पशुजस्तो साथी हुन सकिन
सबैभन्दा असल साथी पशु हुन् रे किनकि तिनले कुनै पनि विषयमा असहमति जाहेर गर्र्दैनन्, सबाल जवाफ त झन् गर्दै गर्र्दैनन् । ती सदा चुपचाप र मौन हुन्छन् । यो एकजना विद्वान्को भनाइ हो । त्यसैले कमरेड प्रभु म तपाईँको पशु जस्तो असल साथी कहिल्यै हुन सकिन । मलाई पनि अहिले यस्तै यस्तै लाग्न थालेको छ । यस्तै भएर होला महाकवि देवकोटाले प्रभुजी मलाई भेडा बनाउ भन्ने कविता लेख्न भएको थियो । ठीक त्यस्तै मलाई पनि विवेकले देखेको लेख्न त मन लाग्छ नि । तर बधुवा मजदुर भएपछि के गर्नु र । आफूलाई भने अरुमाथि अन्याय भयो भने आफैँलाई अन्याय भए जस्तो लाग्छ र अन्यायीलाई लेखेर भए पनि उचित मर्मत गर्न मन लाग्छ । अरु त अरु आफ्नै बाबु, दाजु नै पनि अन्यायी देखे सब भन्दा पहिले तिनलाई सुधार्न मन लाग्छ नत्र उधारेर भए पनि विकृतिलाई तह लगाउन ज्यादै सकसक लाग्छ । आफू मात्र पाएर र खाएर आफू कहिल्यै चित्त बुझाउन सकिँन । यही मेरो ठूलो दुर्गुण भयो ।

तपाईँ त कमरेड हो उपल्लो तहको नेता हो । तपाईकै कमजोरीका बारेमा सुझाव दिन मन लाग्छ, कमजोरी बढ्र्दै गयो भने अलि कडा रुपमा सच्याउने गरी लेख्न मन पनि लाग्छ । यो मेरो भारी गल्ती भएछ प्रभु, अब म कहिल्यै यस्तो गल्ती गर्दिन । मैले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष लगायत वरिष्ठ व्यक्तिहरुले मृत आत्माको चीर शान्तिको कामना गर्दा र कुनै पनि विषयगत प्रस्तुतिमा सतही सपाट मौखिक र लिखित अभिव्यक्रि गरेको देखेर एउटा लेख लेखेँ । त्यसको शीर्षक कठैंवरा विचरा प्रगतिशील प्राध्यापक थियो । यस बापत प्रभु कमरेडले मेरो निक्कै आलोचना गर्नु भयो । जनवर्गीय संगठनको बेहाल शीर्षक लेखमा पनि मैले अनावश्यक आलोचनाको खप्की खानु प¥यो । मैले पार्टी र जनवर्गीय संगठनका कमजोरी देखी देखी चुपचाप बस्नु पर्ने रहेछ । सकेसम्म कमजोरी हुन नदिने, कमजोरी देखिए, त्यसलाई तुरुन्त सच्याउन लागि पर्ने काम गर्नु मेरो ठूलो भूल भयो कमरेड महाराज ! मैले सर्वनाश भएको टुलुटुलु हेरेर बस्नु पर्ने रहेछ । कमरेड भारी गल्ती भयो माफ पाउँ ।

सुनसरीका एक भण्डारी थरि नेताले बुद्धिजीवी परिषद्,सुनसरीको जिल्ला अधिवेशनमा मलाई बोल्न नदिने उर्दी लगाएको अस्ट्रलियामा एक बुद्धिजीवीमार्फत् थाहा पाएँ । यस कुराको फेसबुकमा प्रतिवाद गर्दा मलाई सुनाउने बुद्धि नै डरले थुरुरु काम्न खोजे मैले पनि व्बाइलर बुद्धिजीवी हुनुपथ्र्यो बोले र गर्नु गल्ती गरेँ । जति सामन्तवादी शासनमा भन्दा बढी दले पनि मैले चुपचाप सहनु पथ्र्यो , आँसु पिउनु पथ्र्यो । तिनै नेताले इटहरी नपा अगाडिको थापा चिया पसलमा एक वर्षदेखि चिया नास्ता खाएको पैसा करीव ३५०० लेखनाथ भट्टराई मार्फंत् मैले तिर्न लगाउनु पनि हुने थिएन । यो विषय सडकमा छ्याल्ल ब्याल्ल हुन दिनु पथ्र्यो, गल्ती भयो ।

कोशी अन्चल इन्चार्ज गौतम थरि नेताको प्रमुख आतिथ्यमा मेरै सुझाव अनुसार राष्ट्रिय जन सांस्कृतिक महासङ्घ,मोरङसित सम्बन्धित स्रष्टा भेला भयो । उक्त रचनात्मक औपचारिक कार्यक्रममा नै नेपाली थरि कार्यकर्ताले नितान्त निजी गुटगत र जातिगत संकीर्णताका कारण मेरो भद्दा आलोचना गर्दा ती गौतम थरि प्रमुख नेता चुइक्क बोलेनन् । किन भने ती आर्थिक मुलाहिजामा परेका रहेछन् । यस्तो अवस्थामा मैले चुपचाप गाली सहन्ु पथ्र्यो तर सहिन , गल्ती भयो ।

जबज बुझ्नु मेरो भूल
जनताको बहुदलीय जनवादले प्राज्ञिक स्वतन्त्रताको पक्ष पोषण गरेको छ । यसको अर्थ प्राज्ञिक बौद्धिक सापेक्ष स्वतन्त्र चेतले देखेको कुरा लेख मार्फत् अभिव्यक्त पाइन्छ भन्ने हो । यो फेरि अरुहरुलाई मात्र होइन एमाले सम्बद्ध बौद्धिक व्यक्तित्वलाई समेत उल्लेख गरेर भनिएको हो । अर्को कुरा जननेता मदन भण्डारीले बुद्धिजीवी परिषद्लाई पार्टी र नेतालाई सरसल्लाह र सुझाव दिने वा मित्रवत् आलोचना गर्ने संस्था हो भन्नु भएको थियो । सबै आलोचनालाई विरोधका रुपमा लिने विगत कालको उग्रवादी धङधङीका कारण नेताहरु जबज अनुसार आफूलाई परिवर्तित गरिरहेका छैनन् । बोल्नै नदिए पछि वान्ता गर्दै पार्टी परित्याग गर्नेहरु धेरै देखिएका छन् । मायाँ गर्न पनि नपाइएपछि मानिस घर पनि छाड्छ । त्यति मात्र होइन जननेता मदन भण्डारीले तत्कालीन पू्रर्व मालेको पाँचौ महाधिवेशनका बेला पार्टी नीतिका बारेमा देशव्यापी बहस गराउनु भएको थियो । भण्डारीले जनताको पार्टीका बारेमा आम जनताले थाहा पाउनु र सुझाव सल्लाह र आलोचना गर्न पाउनु पर्छ भनेर सापेक्षित खुल्ला बहस गराउनु भयो । त्यसको अर्थ पार्टी भित्रका बुद्धिजीवीले आवाज विहीनका आवाज संयमित रुपमा लेख मार्फत् गर्दा अचानो हुनु दुःखद् हो । जनताको हात र साथ लिएर हिड्नुपर्छ र मात्र लक्ष भेद गर्न सकिन्छ भन्ने नबुझ्नु हो तर मैले बुझेर गल्ती गरेँ प्रभु क्षमा पाउँ । .

अपमानको पीडा कति सहनु ?
पार्टीमा आवद्ध भएर धेरै कुरा सिकियो तर चरम अपमान पनि भोगियो । पार्टी अध्यक्षसित नै यस विषयमा मैले कुरा गरेको छु । वहाँलाई नै तपाईँले पार्टीमा पाएको चरम भुक्तमान, उपेक्षा र अपमान त सात दिन रोए पनि कम हुन्छ भनेपछि मजस्ता पार्टी हितलाई सर्वोपरि राख्ने इमान्दार निश्वार्थी बुद्धिजीवी, कलाकर्मी, स्रष्टा र नेता र कार्यकर्ताप्रति धेरै नेताले गरेको चरम हेलाहोचो मन बिझाउँछ भनेको थिएँ । जबज,जननेता र मदन भण्डारीको सारतत्व र महत्व बुझ्नेहरु आजीवन कम्युनिस्ट हुन्छन् । तर सांस्कृतिक क्षेत्रका नेताहरु मणि थापा र खगेन्द्र राईहरु राजकीय नेतृत्वको औसर किन पाउँदैनन् अचम्म लाग्छ । संस्कृति त समाजलाई गुणात्मक रुपान्तरण गर्ने महान् क्षेत्र हो । महासंघलाई पार्टी र सरकारबाट खास सहयोग नहुनु अर्को टीठ लाग्दो विषय बनेको छ । यही कुरा पनि भन्नु हुने थिएन कमरेड गल्ती भयो । मैले कहिल्यै केही मागिन तर अहिले मगन्तेमा गनिएको रहेछु । जन सांस्कृतिक , बौद्धिक तथा संस्कृति विभाग जस्ता फाँटमा भुई तहदेखि माथिल्लो तह सम्मको योग्थ्यताका आधारमा जिम्मेवारी पाइयो र कुशलतापूर्वक गरियो । सुनसरीको कम्युनिस्ट आन्दोलनको अन्वेषण कार्यदलको अध्यक्ष भएर काम गर्न मलाई नै किन भनियो ? उक्त जिम्मेवारी समयमै पूरा गरियो तर जे जति काम गरे पनि गरेको काम वा गुन पितिक्क पनि धेरै जसोले सम्झँदैन । कुनै बुद्धिजीवी आजीवन पैसाका पछि दौडिएको छ र शैक्षिक व्यापारमा अहोरात्र लागेको छ, उसले खास केही जिम्मेवारी वहन गर्ने इच्छा नै गरेन भ्याएन र मागेन भनेर अरुलाई मगन्ते भन्न मिल्दैन । किनकि काम गर्ने योग्यता, समय र ह्याउ पनि हुनु प¥यो । काम त कामबाट नै देखिँदो हो नि कमरेड । पार्टीले इटहरी चोकमा आयोजना गरेको कार्यक्रममा गौतम र भण्डारी थरि नेताले दुई जना क्याम्पस पढाउने शिक्षकलाई वरिष्ठ शिक्षक र बुद्धिजीवी भनेर दोसल्ला ओढाएर सम्मानित गर्दा चार पाँच कृति लेखेको यो डा. भुईँमा पसारिएर हेरिरह्यो । विराटनगरमा एक नेतालाई शालीन भाषाशैलीमा पार्टी तिका लागि सुझाव दिँदा तिनी मैमाथि आक्रामक भाषाशैली र बेहोरा देखाएर खनिए । यो दृश्य देख्ने प्रा.डा अर्जुन बराल लगायत छन् । मैले मेरो योग्यता, क्षमता, जिम्मेवारी कर्तव्य लगायत पाएका सबै मान,पद र पदवी आजैका मितिदेखि फिर्ता गर्न तयार छु । मैले मेरै आर्जनमा बौद्धिक,प्राजिक, लेखकीय उचाइ सहित आर्थिक हैसियत प्राप्त गरेको छु । कृपया तपाईँको दयामाया र कृपामा चाहिँ बाँच्न चाहन्न । किमार्थ बँँच्न चाहन्न ।

प्रतिबन्धजस्तै छ बौद्धिकता
एक अनलाइन खबर पत्रिकामा एक सुझावमूलक लेख लेखे वापत एक नेताले मलाई उक्त पत्रिकामा मेरा लेख प्रतिवन्धित गरिदिए । अहिले यस पार्टीबाट किन,लेखक र विश्लेषक नगन्य रहेछन् भन्ने कुरोको चुरो पत्ता लाग्यो । त्यो के रहेछ भने एक किसिमले यस क्षेत्रमा अघोषित प्रतिवन्धित जस्तै रहेछ । बोले पछि लेखे पछि कसै न कसैलाई पोल्छ । लेखकमा एउटा इमान हुन्छ । पार्टी र नेतामा देखा परेका कतिपय विसंगति पनि लेखकले सापेक्ष रुपमा उल्लेख गर्छ तर त्यसलाई नै आकास खस्यो भन्ने खालको विषय बनेपछि लेख्ने र बोल्ने आँट कसैले गर्दा रहेनछन् । कुराको चुरो यही रहेछ । जब पक्षधर प्रवक्ता, लेखक र विश्लेषक हुँदैनन् अनि अरुहरु नै मुखर हुन्छन् उनीहरुकै विचार भुई तहमा बारबार सुनिन्छन् र तिनै प्रभावी हुन्छन् । अनि कसरी पार्टी र सरकारले गरेको काम बिभिन्न जोण कोणमा प्रभावकारी प्रचार हुन्छ र चु्नावी माहौल आफ्ना पक्षमा बनाउनुहुन्छ ? कमरेड ? मुख र कलम थुतेर र थुनेर प्रचार हुन्छ कमरेड,

मैले खेपेको दोहोरो मार
कमजोरी देख्दा सुझाव स्वरुप सच्याउने खालका लेख पनि लेखियो । यसरी लेख्दा सरकारको प्राज्ञिक इमानका बारेमा पनि लेख लेखियो तर सकारहरु देखे पछि तारन्तार सकारहरु लेखियो । अझ पार्टी अध्यक्ष ओलीको बहुआयामिक तथा बहुपक्षीय गुण र विशेषता देखेर आफैँ अचम्मित भइयो र लेख लेखियो । उहाँको नेतृत्वको सरकारका देश र जनता हितका कैयौँ परिणामले समेत प्रत्यक्ष भएका कामहरुको खुल्ला रुपमा समर्थन गरेर लेख लेखियो । जब कि उहाँलाई हरेक हिसावले पार्टीभित्र र अझ बाहिरबाट हुर्मत लिन खोज्दा लेखकीय चट्टान बनियो । पार्टीमा नै पनि गुणको बखान गर्नेको पनि अभाव देखियो र लेखियो । त्यसैगरी महामहिम राष्ट्रपति विरुद्ध अनेक फतुर लगाएर तथानाम गर्दा ठाउँको ठाउँ तिनलाईपनि लेखेर नै ठेगान लगाइयो । यस बापत पार्टी भित्रैका केही मान्छेले मलाई चाकर सम्म भने । तर सत्य पथमा रवीन्द्र नाथ टैगोरले भनेझैँ एक्ला चलो गर्दा समय क्रममा इटहरी तिरैका ह्रस्व बुद्धिजीवीको वाक बन्द भएको छ । नत्र त भित्र, बाहिर र घर भित्रैबाट पनि यस लेखकलाई कटाक्षको बर्सा भएको हो । प्रा.डा ऋषिराम शर्माहरु पनि लेखि रहेका छन्,मलाई जस्तै यस्तै अनर्गल आरोप फतुर लाग्ने अवस्था आयो भने तिनले पनि कलम थन्क्याउने छन् । अनि नरहे बाँस नरहे बासुरी, खत्तम ।

अहिले एमाले र ओलीका कारण विगत चुनावी तालमेलबाट कतिपय पार्टीहरु सित सम्बन्ध सुध्रिएका देखिन्छ । कम्तीमा अब विगत गठबन्धनको जस्तो राष्ट्रघाती जनघाती तथा देशको साधान स्रोतको चरम दुरुपयोग गर्नबाट रोक्न सरकार बनेको छ । गर्ने भन्दा गराउने ठूलो हो । आफ्ना सकार पक्षलाई आफैँले उल्लेख नगर्ने हो अरु कसले गर्छ यो दुनियाँमा । तर दैव संयोगले यो सरकार बनेको हो कि भन्ने भान पारेपछि र यस्तो देखेर पनि मौन बसेपछि सारा उपलब्धि र प्राप्तिको जस अर्कैले लिन्छ । यस्तै काम गर्न गराउन लेखकहरुलाई अंशमा आलोचना गर्ने गरिएको देखिन्छ । समष्टि र पूर्णता केबल गफ गर्ने मात्र विषय होइन कि कमरेड महाराज !