२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 3:04 am
Banner

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

सूचना प्रेस २०७९ पुस १९ मंगलबार ००:००, १३:५७ बजे १ मिनेट पढाइ

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन्। 

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतक मनोनीत गरेका हुन्। 

देउवाको निजी सचिवालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई मुख्य सचेतक नियुक्त गरेको जनाएको छ। 

लेखक कन्चनपुर क्षेत्र नम्बर ३ बा विजयी भएका हुन्।