२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 3:03 am
Banner

लाइन बस्नुपर्ने समस्या एक महिनाभित्र हटाउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

सूचना प्रेस २०७९ पुस १९ मंगलबार ००:००, १५:०१ बजे १ मिनेट पढाइ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ।

सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो ।

सचिवहरुबाट कार्यप्रगति प्रस्तुतिपछि निर्देशनात्मक सम्बेधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासन र सरकारी संयन्त्रबाट विगतको कार्यकालझैँ यसपटक पनि पूर्ण सहयोग पाइने बताउनु भयो ।