३ मंसिर २०८१, सोमबार 1731976119
Banner

सत्ता साझेदार दलले दुई दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रम दुइदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम् साझा कार्यक्रमको ड्राफ्टलाई बिहीबारसम्ममा अन्तिम रुप दिने र शुक्रबारसम्ममा न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न सकिने गृहमन्त्री रवि लामिछानेले बताउनुभयो ।

न्यूनतम् साझा कार्यक्रममा आम नागरिकसँग सरोकार राख्ने विषयले प्राथमिकता दिइने लामिछानेले बताउनुभयो । यस्तै भ्रष्टाचार नियन्त्रण र नीतिगत कुराहरु पनि न्यूनतम् साझा कार्यक्रममा प्राथमिकताका साथ समेटिने उहाँको भनाइ छ ।