३ मंसिर २०८१, सोमबार 1731982984
Banner

सर्वदलीय बैठक शुरु

काठमाडौं – संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाउनु भएको बैठक केहीबेर अघि सुरु भएको संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ।

निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ। त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुने बताइएको छ।

निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दै छ ।