काठमाडौं– सत्तारुढ गठबन्धनबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप प्रधानमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।
गृहमन्त्रीका अनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।