४ मंसिर २०८१, मंगलबार 1732047439
Banner

सभामुख बारे निर्णय लिन काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन्। प्रमुख सचेतक रमेश लेखकका अनुसार सभापति देउवाले आज बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने नेता लेखकले बताए।

कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढाएको छ।

कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ। संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

सभामुख चयनसम्बन्धी प्रस्तावमा भोलिको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ।