४ मंसिर २०८१, मंगलबार 1732047394
Banner

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेको हो ।

अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको र उक्त बैठकले औपचारिक रुपमा निर्णय गरेर नाम सार्वजनिक गर्ने तयारी भइरहेको एक पदाधिकारीले बताए ।

कांग्रेसले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका विपक्षी दलसँग सभामुखको उम्मेदवारीबारे साढे २ बजे सिंहदरबारमा छलफल गर्ने भएको छ ।