काठमाडाैँ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएकाे छ । आइतबार जिल्ला प्रशासन कार्यालय बबरमहलमा पुगेर लामिछानेले नेपाली नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे हाे ।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उहाँले नेपाली नागरिकता पाउनुभएकाे हाे ।
यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।
उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।
तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।