५ मंसिर २०८१, बुधबार 1732102058
Banner

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

रास्वपाका एक नेताकाअनुसार आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिईएकाे हाे । 

लामिछानेले आजमात्रै जिल्ला प्रशासन कार्यलय काठमाडाैँबाट नागरिकता लिनुभएकाे हाे । 

उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उहाँले नेपाली नागरिकता पाउनुभएकाे हाे ।

यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।

तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।