काठमाडौं । नेपालका पहिलो गर्भनर हिमालय शम्सेर राणाको ९५ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । हिमालय शमसेर राणा नेपाल राष्ट्र बैंकमा १९५६ अप्रिल २६ देखि १९६१फेब्रुअरी ७ सम्म गभर्नर थिए ।
नेपालकै ईतिहासमा पहिलो पटक अर्थमन्त्रालयको अर्थसचिव र राष्ट्रवैकको गर्भनर हुनुनै उनका लागि ऐतिहासिक क्षण बनेको थियो । स्वर्गीय राणाले हामीसँग आजभन्दा तीनबर्ष अघि पहिलो गर्भनर बन्दाको क्षण र अन्य उपलब्धिका बारेमा चर्चा गरेका थिए । राणासँग गरिएको भलाकुसारीको सानो अंश उनकै शब्दमा यहाँ प्रस्तुत गरेका छौं ।
राणा परिवारमै जन्मिएपनि नेपालमा राणा शासनको अन्त्य हुनुपर्छ भन्दै गोप्य रुपमा नेपाली काँग्रेसको सदस्य भएर आन्दोलनमा सक्रिय भएका राणाले १०४ बर्षे जहानियाँ राणा शासनको अन्त्य भएपछि २००७ सालमा अर्थसचिव हुने अवसर पाए । आन्दोलनका उनका सहपाठी सुवर्ण शम्शेर राणा अर्थमन्त्री हुँदा हिमालय शम्शेरले अर्थमन्त्रालयमा पहिलो अर्थसचिव बन्ने मौका पाएका थिए । अर्थसचिव हुँदाको क्षण सम्झिदै हिमालय शम्शेरले भने, हामी आउनुभन्दा पहिला नेपालको प्रशासन खरदार, सरदारले चलाइराखेका थिए, उनीहरुले चलाइरहेको प्रशासन अव मन्त्रीहरुले चलाउने भए, राजनीतिमा युगान्तकारी परिर्वतन भइसकेको थियो अनि त्यसबेला अर्थशास्त्र पढेको व्यक्ति नै अर्थसचिव हुनुपर्छ भन्ने नियम पनि बनाईएको थियो ।
नेपालमा चारजना मात्रै अर्थशास्त्रमा एम ए गरेका विद्यार्थी थियौ, म, लिलाप्रसाद लोहनी, प्ररीक्षित राणा, कृष्णराज भण्डारी हामी चारै जना अर्थमन्त्रालयमा कामगर्न थाल्यौ, त्यहाँ काम गरेको एक बर्षभित्रै मेरो कामको मुल्यांकन भयो र म अर्थसचिवमा नियुक्त भए । राणा शासनको अन्तिम प्रधानमन्त्री मोहन शम्शेर राणाको अर्थसचिव बनेका उनी त्यस समय उमेरले भर्खर २३ बर्षका मात्रै थिए । देवशमशेरका पनाती हिमालय शम्शेर अर्थमन्त्रालयमा रहदा हरेक नौ÷नौ महिनामा सरकार परिर्वतन भएपनि उनी चाहि परिर्वतन भएनन् । उनी भन्थे,‘अरु सबैको मन्त्रालयमा चेन्ज भइरहन्थ्यो तर मलाई चाही सरकारमा जो सुकै आएपनि फेरेनन्, मैले चारवटा बजेट बनाए ।’
अर्थ मन्त्रालयमा राम्रो कला देखाएका उनलाई महेन्द्र सरकारले राष्ट्रवैकको गर्भनर बनाउने प्रस्ताव गरे २०१३ सालमा । राजा महेन्द्रले हिमालय शम्शेरलाई भेटेर भने,‘मलाई राष्ट्र बैंकको स्थापना गर्ने मन छ, तिमीलाई गर्भनर बनाउछु तिमी काम थाल’ । राष्ट्रवंैकको स्थापना नभईकन हिमालय शम्सरले काम थाले अनि राष्ट्रवैंकको काम शुरु भयो, उनी भन्छन, ‘राष्ट्रवैंक त मैले नै बनाएको हो, वैंकको भवन कहाँ राख्ने, कस्तो नियम बनाउने त्यसको सवै ड्राफट मैले नै डिजाइन गरेको हु, त्यस बेला धेरै नै काम गरे ।’ राजाको साथ र सहयोग पाएका हिमालय शम्शेरलाई राजाले भनेका थिए, राष्ट्रवंैक स्थापना गर्नुको मुख्य कारण नै एउटा राज्य र दुईवटा मुद्राको चलन अन्त्य गर्नु नै थियो । त्यस समय तराइको विराटनगर, राजविराज कैलालीदेखी इलामसम्म भारतीय नोटको चल्ती व्यापक थियो । सवै कारोबार नै भारुमा मात्रै हुने । एउटै राज्यमा दुइवटा मुद्राको अन्त्यका लागी हामीले धेरै काम गरयौ उनले भने । भारतीय नोटको कारोबार गर्ने भएकाले तराईका कति बासिन्दालाई त हामी नेपाली हो भन्ने सम्म पनि थाहा थिएन । यही भारु र नेरुबीचको मिलान गर्नकै लागी हामीले भारु १ रुपैयालाई ६ रुपैयामा कन्र्भट गर्ने नियम बनायौ, शुरुमा त निकै समस्या पनि भयो तर अहिले हेर्दा त्यो बैज्ञानिक रहेछ भन्ने लाग्छ, उनले भने । ६३ बर्षपहिले भारु सटही गर्न तीनबर्षको अध्ययन अनुसन्धान अहिले सम्म पनि लागु भएको देख्दा खुसी लाग्ने उनले बताए तर अव यसमा पनि चेन्ज हुनुपर्छ । उनी भन्छन, ‘सरकार बलियो भएको बेला र अर्थतन्त्र दहो बनेको समयमा मुद्राको रेट कारोबार चेन्ज हुनुपर्छ ।’
फष्ट गर्भनर भएर साइन गरेको पैसाको त्यति याद त छैन उनलाई तर २०१५ सालमा नयाँ नोट निष्काशन भएपछि उनले साइन गरे १,२,५ का नोटमा । बेलायतको डिलारु कम्पनीले नै डिजाइन गरेको नयाँ नेपाली नोट साहै राम्रो थियो उनले संझिए, महेन्द्र राजाको फोटो थियो, नोटमा सेकेरयुटी थे्रड थियो । त्यस बेला पैसामा साइन गर्दा मलाई मेरो साइनको महत्व भएन, तर अहिले महत्व हुने रहेछ, अहिले म सँग मैले साइन गरेको एउटा पनि पैसा छैन । सम्झदा त दुख लाग्छ, राख्नपर्ने रहेछ, त्यो त इतिहास पो रहेछ उनले भने । तर हास्दै भन्छन, मलाई यो कुराको ख्यालै भएन । राष्ट्र वैकमा उनी ५ बर्षका लागि नियुक्ति भएका थिए तर राजाले विचैमा उनलाई हटाए ४ बर्ष ८ महिना भएपछि महेन्द्रले राजनीतिक कु गरेको उनी बताउँछन । राजाको नजरमा हामी राजनीतिक गर्ने व्यक्तिमा प¥यौ सरकारले बैंकबाट हटाएपछि म युएनमा जागिर खान गए । युएनको विभिन्न देशको हेड भएर काम गरेर २५ बर्षपछि मात्र नेपाल फर्किए ।
पच्चिस बर्ष विदेशमा विताएका पुर्वगर्भनर हिमालय शम्शेरले त्यस बेलाको समय र अहिलेको समयमा धेरै परिर्वतन भएको देखे । अहिले त धेरै परिर्वतन भयो बाटोघाटो बन्यो, टेलिकम्युनिकेशन आयो, अहिले धेरै चेन्ज छ । अहिले त हरेक बर्ष मोर्डनाइजेसन हुदै गएको छ । अझ पछिल्ला दिनहरुमा राजनीतिमा आएको परिर्वतनले त उनी झनै खुसी छन् । यो पहिल्यै हुनुपथ्यो, जे हवस ढिलै भएपनि नेताहरुले सही काम गरेका छन् उनले भने ।