२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:04 am
Banner

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सूचना प्रेस २०७८ फाल्गुन २२ आइतबार ००:००, ०८:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । 

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिङ गर्ने छन् । बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।